शीर्षकहरू

कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय, शासकीय सुधारका लागि १०० कार्ययोजना स्वीकृत

कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय,  शासकीय सुधारका लागि १०० कार्ययोजना स्वीकृत

काठमाडौं। बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले जेन–जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले भदौ २३-२४ को आन्दोलनका क्रममा भएका हताहती र क्षतिको छानबिन प्रतिवेदनअनुसार कारबाही अघि बढाइने जानकारी दिए।

सुरक्षा निकायसँग सम्बन्धित विषयमा अध्ययन समिति गठन गरिनेछ भने अन्य सिफारिस कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइने निर्णय भएको छ।

त्यसैगरी, बैठकले शासकीय सुधारका लागि १०० कार्ययोजना स्वीकृत गरेको छ। मन्त्रिपरिषद्ले कुल चार निर्णय गरेको छ।

यस्ता छन् बैठकका निर्णय :

–भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति सम्मान एवं श्रद्धाञ्जली व्यक्त गर्ने ।

–नेपाल सरकारको प्रवक्तामा माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलाई तोक्ने ।

–सरकारको शासकीय सुधारका सय कार्यसूची स्वीकृत गर्ने । (भोलिसम्म प्रकाशित गर्ने)

–भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न देहाय बमोजिम गर्ने ।

-पहिलो, उल्लेखित आयोगले सिफारिस गरेको व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेश गरेको सिफारिस बमोजिम गर्ने ।
-दोस्रो, अन्यको हकमा सो आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्ने ।

प्रतिक्रिया