शीर्षकहरू

मोदी–ट्रम्प फोन वार्तामा एलन मस्कको सहभागिता भएको न्यूयॉर्क टाइम्सको दाबी

मोदी–ट्रम्प फोन वार्तामा एलन मस्कको सहभागिता भएको न्यूयॉर्क टाइम्सको दाबी

एजेन्सी । नयाँ सरकार गठनपछि पश्चिम एशियामा बढ्दो तनावका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच २४ मार्चमा फोन वार्ता भएको थियो।  

यस वार्तामा ईरान युद्ध, होर्मुज स्ट्रेटको खुलापन, र क्षेत्रीय शान्ति बहालीबारे छलफल भएको मोदीले एक्समा जानकारी दिएका थिए। तर,न्यूयॉर्क टाइम्सले प्रकाशित गरेको रिपोर्टले यस वार्तामा एक चकित पार्ने दाबी गरेको छ-अरबपति एलन मस्क पनि सो फोन वार्तामा सहभागी थिए।  

 रिपोर्ट अनुसार, दुई अमेरिकी अधिकारीहरूले मस्कको सहभागिता पुष्टि गरेका छन्।  मस्कले वार्तामा के बोले वा किन सहभागी भए भन्ने विषय भने अझै स्पष्ट छैन।   दुई राष्ट्राध्यक्षबीचको संवेदनशील वार्तामा निजी नागरिकको सहभागिता असामान्य मानिन्छ।  

२८ फेब्रुअरीमा अमेरिका र इजरायलले संयुक्त रूपमा ईरानमाथि हमला गरेपछि पश्चिम एशियामा तनाव बढेको छ। त्यसपछि २४ मार्चमा मोदी–ट्रम्पबीच पहिलो पटक फोन वार्ता भएको हो।  भारतले तनाव कम गर्ने र शान्ति बहालीको पक्षमा रहेको स्पष्ट पारेको छ।  एलन मस्कको सहभागिता राष्ट्रपति ट्रम्पसँगको सम्बन्ध पुनः सुधारिएको संकेतको रूपमा पनि हेरिएको छ, किनभने विगत वर्ष उनीहरूबीच मतभेद देखिएको थियो।  

प्रतिक्रिया