काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि, घन्टाघर नजिकै रहेको थकाली रेस्टुरेन्टमा शनिबार दिउँसो आगलागी भएको छ। प्रहरीका अनुसार आगलागी भवनको माथिल्लो तलामा सुरु भएको हो। आगो नियन्त्रणमा लिनका लागि दमकल र सुरक्षाकर्मीहरू परिचालन गरिएको छ।
हालसम्म आगलागीको कारण खुल्न सकेको छैन। प्रहरीका अनुसार यसबारे थप अनुसन्धान भइरहेको छ। यो घटना काठमाडौंको व्यस्त क्षेत्रमा भएको हुँदा स्थानीय बासिन्दा र विद्यार्थीहरूमा त्रास फैलिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया