शीर्षकहरू

हेटौंडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन पुनः सुरु

हेटौंडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन पुनः सुरु

बागमती । लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले पुनः उत्पादन सुरु गरेको छ। उद्योगका सूचना अधिकारी वरिष्ठ अधिकृत हरेराम आचार्यका अनुसार गत भदौ २४ गतेदेखि बन्द रहेको उद्योगले शनिबारदेखि क्लिङ्कर उत्पादन सुरु गरेको हो। उद्योगले हाल दुई सातासम्म पुग्ने कच्चा पदार्थ प्रयोग गरेर क्लिङ्कर उत्पादन सुरु गरेको छ।

थप कच्चा पदार्थ व्यवस्थापनको काम भइरहेको छ। नियमित उत्पादन हुँदा दैनिक ७–८ सय क्विन्टल सिमेन्ट उत्पादन गर्ने क्षमता भए पनि हाल ६ सय क्विन्टलसम्म उत्पादन गर्ने लक्ष्य राखिएको छ।

हेटौंडाको लामसुरेमा विसं २०३३ सालमा स्थापना भएको यो उद्योगले विसं २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको हो। उद्योगले विगतमा देशको निर्माण क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

क्लिङ्कर उत्पादनसँगै प्याकिङ्गको काम सुरु भइसकेको छ। उद्योगले उत्पादन भएको सिमेन्टलाई छिट्टै बजारमा पठाउने तयारी गरेको छ। हेटौंडा सिमेन्ट उद्योगको पुनः सञ्चालनले देशको निर्माण क्षेत्रमा कच्चा पदार्थ आपूर्ति सहज हुने र बजारमा सिमेन्टको माग पूरा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया