शीर्षकहरू

एमालेका पूर्व सभासद  मल्ल बलात्कार आरोपमा पक्राउ

एमालेका पूर्व सभासद  मल्ल बलात्कार आरोपमा पक्राउ

काठमाडौं । नेकपा एमालेका पूर्व संविधान सभा सदस्य कर्णबहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको छ। मुगु जिल्ला सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका–७ बस्ने ५२ वर्षीय मल्ललाई शनिबार ललितपुर महानगरपालिका–१५ बाट नियन्त्रणमा लिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन्।

मल्लविरुद्ध एक महिलाले बलात्कार गरेको आरोपमा उजुरी दिएकी थिइन्। पीडित महिलाले फागुन ५ गते प्रहरीमा उजुरी दर्ता गरेकी थिइन्। सोही उजुरीका आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र मातहतको सातदोबाटो प्रहरी वृत्तको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रतिक्रिया