शीर्षकहरू

मध्यपूर्वमा तनाव : ईरानको कुवैत, दुबई र इजरायलमा आक्रमण

मध्यपूर्वमा तनाव : ईरानको कुवैत, दुबई र इजरायलमा आक्रमण

एजेन्सी । शनिबार, ईरानले मध्यपूर्वलाई बारूदी बनाउँदै कुवैत, संयुक्त अरब इमिरेटर्स(युएइ) र इजरायलमा मिसाइल तथा ड्रोन हमला गर्‍यो। कुवैत अन्तर्राष्ट्रिय विमानस्थलमा हमला ईरानी सेनाले ड्रोन आक्रमण गर्दै कुवैतको विमानस्थलमा रडार प्रणाली ध्वस्त बनाएको छ। कुवैत नागरिक उड्डयन प्राधिकरणले रडार क्षतिग्रस्त भएको पुष्टि गरेको छ।

दुबईमा अमेरिकी सैनिक लक्ष्य ईरानको खातम अल-अनबिया सैन्य कमानले दुबईमा रहेका अमेरिकी सैनिकहरूको दुई गोप्य आश्रयस्थलमा सटीक मिसाइल र ड्रोन हमला गरेको दाबी गरेको छ । फार्स न्यूज एजेन्सी अनुसार, ती स्थानमा ५०० भन्दा बढी अमेरिकी सैनिक थिए।

प्रवक्ताले भने, “यो क्षेत्र अब अमेरिकी सैनिकका लागि कब्रिस्तान बन्नेछ।” इजरायलमा हूती विद्रोहीको हमला ईरान समर्थित हूती विद्रोहीहरूले इजरायलतर्फ मिसाइल दागेको दाबी गरेका छन्।

इजरायली सेनाले मिसाइल रोकिएको जानकारी दिएको छ। इजरायलले केही घण्टा अघि ईरानका परमाणु संयन्त्रहरूमा हमला गरेको थियो। शनिबार, यूक्रेनका राष्ट्रपति वलोडिमिर जेलेंस्कीले (युएइ) भ्रमण गर्दै रक्षा क्षेत्रमा सहकार्य गर्ने सहमति जनाएका थिए। ईरानले दुबईमा रहेको यूक्रेनी ड्रोन(रोधी प्रणाली डिपोलाई पनि निशाना बनाएको दाबी गरेको छ।

प्रतिक्रिया