एजेन्सी । डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बैंगलोर (RCB) यस वर्षको आईपीएल सुरु हुनु अघि नै ठूलो समस्यामा परेको छ। स्टार बलर जोश हेजलवुड चोटका कारण फिट छैनन्। यश दयाल टोलीबाट बाहिर छन्।
नुवान तुशारा पनि पहिलो खेलका लागि उपलब्ध छैनन्। यस्तो अवस्थामा पहिलो खेलमै बलियो ब्याटिङ लाइनअप भएको सनराइजर्स हैदरावादको सामना गर्दा आरसीबी कसरी २० ओभर पुरा गर्ने भन्ने ठूलो प्रश्न बनेको छ।
अहिले आरसीबीका सबैभन्दा भरपर्दा बलर भुवनेश्वर कुमार हुन्। उनी आईपीएल इतिहासमा युजवेन्द्र चहलपछि सबैभन्दा धेरै विकेट लिने बलर हुन्। भुवीलाई २०० विकेट पुरा गर्न अझै २ विकेट चाहिएको छ। २०२५ मा उनले १४ खेलमा १७ विकेट लिएका थिए।
नयाँ बल र डेथ ओभर दुवैमा उनको भूमिका महत्वपूर्ण हुने अपेक्षा छ। भुवीले मात्र ४ ओभर बलिङ गर्नेछन्। बाँकी १६ ओभर कसले बलिङ गर्ने भन्नेमा अझै अनिश्चितता छ। कप्तान रजत पाटीदारसँग विकल्प भए पनि ती कति प्रभावकारी हुने भन्ने प्रश्न उठिरहेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया