शीर्षकहरू

प्रधानमन्त्री बालेन शाहको यस्तो बन्यो सचिवालय र सल्लाहकार टोली

प्रधानमन्त्री बालेन शाहको यस्तो बन्यो सचिवालय र सल्लाहकार टोली

काठमाडौं । नेपालका नयाँ प्रधानमन्त्री बालेन शाहले पदभार ग्रहण गरेसँगै आफ्नो सचिवालय र सल्लाहकार टोलीको संरचना सार्वजनिक गरेका छन्। शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएपछि पद तथा गोपनीयताको शपथ लिएर पदबहाली गरेका शाहले सल्लाहकार र सचिवालयको टिम पनि बनाएका हुन्। जसअनुसार शाहले प्रमुख सल्लाहकारमा कुमार बेनलाई नियुक्त गरेका छन्। उनी शाहका रणनीतिक सल्लाहकार मानिन्छन्। 

काठमाडौँ महानगरपालिकाको मेयरमा चुनाव लड्ने बेलादेखि नै बेनले बालेनलाई साथ दिँदै आएका छन्। उनी निरन्तर सल्लाहकार बनेर बालेनलाई सघाउँदै आएका छन्। बेनसँग हरेक रणनीति बनाउने कौसल भएकाले बालेनले निकै विश्वास गर्ने पात्रमध्ये उनी एक जना रहेको निकटस्थहरू बताउँछन्।

 टोलीका सदस्यहरू
कुमार बेन – प्रमुख सल्लाहकार

असिम शाह – राजनीतिक सल्लाहकार

सुबास शर्मा – प्रमुख निजी सचिव

सुदिप ढकाल – प्रशासनिक प्रमुख

विवेक मिश्र – सूचना प्रविधि तथा सञ्चार संयोजक

प्रदीप परियार – निजी सचिवालय सदस्य

डीएसपी दिपेश बस्याल – व्यक्तिगत सुरक्षा अधिकृत

यो टोलीले प्रधानमन्त्रीलाई नीतिगत निर्णय, प्रशासनिक व्यवस्थापन, सूचना प्रविधि, सञ्चार, र व्यक्तिगत सुरक्षामा सहयोग गर्नेछ।

प्रतिक्रिया