शीर्षकहरू

देउवा समूहले ओली–लेखक पक्राउको संवैधानिक प्रतिवाद गर्ने निर्णय

देउवा समूहले ओली–लेखक पक्राउको संवैधानिक प्रतिवाद गर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गरिएको पक्राउलाई संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ। ठमेलस्थित रमादा होटलमा शनिबार बसेको बैठकमा शीर्ष नेताहरू सहभागी भए। बैठकपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गर्दै पार्टीका नेता–कार्यकर्तालाई आगामी परिस्थितिको राजनीतिक रूपमा सामना गर्न तयार रहन अपिल गरे।

विज्ञप्तिमा भनिएको छ, “सरकार गठन भएलगत्तै भएको यो राजनीतिक प्रतिशोधले संविधान र लोकतन्त्रको प्रतिबद्धताबाट सरकार पछाडि हटेको देखिन्छ।” आयोगको प्रतिवेदन कार्यान्वयनका नाममा पेज नं ७२१ को सिफारिसअनुसार अनुसन्धान र अभियोजनको प्रक्रिया पूरा नगरी तत्कालीन पदाधिकारीहरूलाई पक्राउ गर्नु कानुनी राज्यको बर्खिलाप भएको खड्काले बताएका छन्।

उनले आयोगले भाद्र २३ र २४ गतेका घटनाको छानबिन गर्नुपर्नेमा केवल २४ गतेको घटनामा मात्र ध्यान दिएको र मानवीय क्षति, सरकारी संरचना, राजनीतिक दलका कार्यालय तथा निजी सम्पत्तिमा भएको नोक्सानीबारे मौन रहेको भन्दै प्रतिवेदनलाई पक्षपातपूर्ण भने।

प्रतिक्रिया