शीर्षकहरू

वैदेशिक रोजगारीमा रहेकाका लागि कालंगा हाइड्रोको आईपीओमा आवेदन दिने अन्तिम दिन

वैदेशिक रोजगारीमा रहेकाका लागि कालंगा हाइड्रोको आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले चैत १० गतेदेखि उक्त समूहका लागि आईपीओ खुला गरेको थियो।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई लक्षित गर्दै ३ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

नेपाल धितोपत्र बोर्डले फागुन २५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।

बझाङमा १५.३३ मेगावाट क्षमताको कालंगा जलविद्युत आयोजना निर्माण सम्पन्न गरी कम्पनीले २०७९ माघदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ।

प्रतिक्रिया