शीर्षकहरू

ट्रेजरी बिलमार्फत आज ५ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

ट्रेजरी बिलमार्फत आज ५ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौँ। सरकारले आज १८२ दिने ट्रेजरी बिलमार्फत ५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सूचना जारी गर्दै दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने जनाएको छ।

उक्त ट्रेजरी बिल मंगलबार जारी गरिनेछ भने यसको ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण हुनेछ।

पछिल्लो बोलकबोलमा ९१ दिने ट्रेजरी बिलमा २.६२ प्रतिशत र ३६४ दिनेमा १.७१ प्रतिशत भारित औसत ब्याजदर कायम भएको थियो।

बैंक तथा वित्तीय संस्थाले अधिकतम २.६९ प्रतिशत र न्यूनतम ०.६७ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका थिए।

प्रतिक्रिया