काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारमा बढेको तरलता व्यवस्थापन गर्न आज निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ झिक्न लागेको छ। राष्ट्र बैंकका अनुसार उक्त रकम २१ दिनका लागि संकलन गरिनेछ।
बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइनमार्फत बोलकबोल गर्न सक्नेछन्। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ।
निक्षेप संकलनमा न्यूनतम १० करोड रुपैयाँदेखि ५ करोड रुपैयाँका गुणकमा बोलकबोल गर्न सकिनेछ। ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलमार्फत तय हुने राष्ट्र बैंकले जनाएको छ।
पछिल्ला तीन वर्षदेखि राष्ट्र बैंकले सातामा दुईपटक आइतबार र बुधबार नियमित रूपमा बजारबाट पैसा झिक्दै आएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया