काठमाडौँ। स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरुपयोग प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालतमा उपस्थित भई तारिख बुझेका छन्।
आइतबार केहीबेरअघि अदालत पुगेका लामिछानेले कानुनी प्रक्रिया अनुसार तारिख बुझेर फर्किएका हुन्।
कालिमाटीस्थित उक्त सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा लामिछानेसहित ३९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया