शीर्षकहरू

द नेयन होटल्सको पहिलो वार्षिक साधारणसभा सम्पन्न, आईपीओसहित विस्तार योजना स्वीकृत

द नेयन होटल्सको पहिलो वार्षिक साधारणसभा सम्पन्न, आईपीओसहित विस्तार योजना स्वीकृत

काठमाडौँ । द नेयन होटल्स लिमिटेडको पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा चैत १३ गते कम्पनीको कार्यालयमा सम्पन्न भएको हो।

सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पारित गरेको छ। साथै, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि स्वीकृत गरिएको कम्पनीले जनाएको छ।

सभाले कम्पनीको भविष्य विस्तार र दीर्घकालीन विकासलाई लक्षित गर्दै प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाउने, आवश्यक पूँजी संकलन, ऋण व्यवस्थापन तथा रणनीतिक साझेदारी गर्ने प्रस्ताव पारित गरेको छ। यससँगै अन्य कम्पनीहरूसँग संयुक्त लगानी, सहकार्य वा आवश्यकताअनुसार मर्जर तथा अधिग्रहण गर्न सक्ने व्यवस्था समेत अनुमोदन गरिएको छ।

सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्षले स्थापना कालदेखि हालसम्मको प्रगति, वित्तीय अवस्था र आगामी रणनीतिबारे जानकारी गराएका थिए। होटल निर्माणमा उल्लेखनीय प्रगति भएको र छिट्टै सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए। कम्पनीले चारतारे स्तरको मान्यता प्राप्त गर्ने लक्ष्यसहित आवश्यक पूर्वाधार विकास गरिरहेको जनाएको छ।

कम्पनीले पर्यटन क्षेत्रमा उच्चस्तरीय सेवा प्रदान गर्दै देशको पर्यटन विकासमा योगदान पुर्‍याउने, स्थानीय रोजगारी सिर्जना गर्ने र दिगो पर्यटन प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि जनाएको छ।

प्रतिक्रिया