शीर्षकहरू

जीवन विकास र युनिक नेपाल लघुवित्त मर्जरमा, आधारभूत शेयरधनीको शेयर कारोबार रोक्का

जीवन विकास र युनिक नेपाल लघुवित्त मर्जरमा, आधारभूत शेयरधनीको शेयर कारोबार रोक्का

काठमाडौँ। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाबीच मर्जरको सम्झौता भएको छ। चैत १४ गते अपरान्ह यी दुई संस्थाबीच मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो।

कम्पनीले मर्जरको सूचना नेप्सेमा दिंदै आधारभूत शेयरधनीहरुको शेयर कारोबार रोक्का गर्न अनुरोध गरेको छ। मर्जर तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ अनुसार, साधारण सभा सम्पन्न नभएसम्म आधारभूत शेयरधनीहरुको शेयर कारोबार रोक्का राख्ने व्यवस्था गरिएको छ। कम्पनीले २० जना आधारभूत शेयरधनीहरुको नाम र शेयर स्वामित्व विवरण नेप्सेसँग उपलब्ध गराएको छ।

जीवन विकास लघुवित्तको केन्द्रीय कार्यालय मोरङ्गको कटहरीमा रहेको छ भने युनिक नेपाल लघुवित्तको कार्यालय बाँकेको कोहलपुरमा रहेको छ। हाल जीवन विकास लघुवित्तको चुक्ता पुँजी १ अर्ब ७५ करोड रहेको छ भने युनिक नेपाल लघुवित्तको चुक्ता पुँजी १४ करोड ८५ लाख रुपैयाँ रहेको छ।

यस मर्जरले लघुवित्त क्षेत्रको वित्तीय संरचना बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया