काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक सांसदको भूमिका कमजोर देखिए फिर्ता गर्ने भएको छ । कांग्रेसको संसदीय सचेतना कार्यक्रममा बोल्दै उपसभापति विश्वप्रकाश शर्माले कार्यसम्पादन मूल्यांकनमा कमजोर देखिए पार्टीले जुनसुकै बेला फिर्ता बोलाउन सक्ने नयाँ प्रावधान रहेको स्पष्ट पारे।
प्रचलित कानुन विपरीत काम गरेको ठहर भएमा, पार्टीको निर्देशन र मूल्यमान्यता विपरीत काम गरेमा, कार्यसम्पादन मूल्यांकन सन्तोषजनक नदेखिएमामा समानुपातिक सांसदलाई पार्टीले जुनसुकै बेला फिर्ता बोलाउन शर्माले उल्लेख गरेका थिए । कांग्रेसले यो व्यवस्था विशेष महाधिवेशनबाट पारित गरेर लागु गरेको हो ।
आर्थिकन्यूज
प्रतिक्रिया