शीर्षकहरू

सांसदलाई जेठ १० भित्र सम्पत्ति विवरण बुझाउन संघीय संसद सचिवालयको सूचना

सांसदलाई जेठ १० भित्र सम्पत्ति विवरण बुझाउन संघीय संसद सचिवालयको सूचना

काठमाडौँ – संघीय संसद सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभाका सांसदहरूलाई आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्ति विवरण जेठ १० गतेभित्र बुझाउन सूचना जारी गरेको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण अद्यावधिक गरेर तोकिएको निकायमा पेश गर्नुपर्छ। यसैअनुसार संसद सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले नवनिर्वाचित सांसदहरूलाई विवरण बुझाउन निर्देशन दिएको हो।

सूचनामा सांसदहरूले आफ्नो नाम, निर्वाचन क्षेत्र, स्थायी ठेगाना, मोबाइल नम्बर, सम्पत्तिको स्रोत र निस्सासहितको विवरण सिलबन्दी खाममा बुझाउनुपर्ने व्यवस्था उल्लेख गरिएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित सांसदहरूले चैत १२ गते शपथ लिएका थिए।

null

प्रतिक्रिया