एजेन्सी । अमेरिकामा शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध ‘नो किंग्स र्याली’मा करिब ८० लाख मानिस सहभागी भएका छन्। मिडिया रिपोर्टअनुसार देशका सबै ५० राज्यका ३,३०० भन्दा बढी स्थानमा प्रदर्शन आयोजना गरिएको थियो।
आयोजकका अनुसार अघिल्लो अक्टोबरमा भएको ‘नो किंग्स’ प्रदर्शनको तुलनामा यसपटक करिब १० लाख बढी मानिस सहभागी भएका छन् भने झण्डै ६०० बढी कार्यक्रम सम्पन्न भएका छन्।
प्रदर्शनकारीहरूले ट्रम्प प्रशासनका विभिन्न नीतिप्रति असन्तुष्टि जनाएका छन्। विशेषगरी ईरानसँग बढ्दो तनाव, कडा आप्रवासन नीति र बढ्दो महँगीका कारण उनीहरू आक्रोशित देखिएका छन्। विभिन्न स्थानमा प्रदर्शनकारीहरूले ट्रम्प र उपराष्ट्रपति जेडी वेंस विरुद्ध पोस्टर देखाउँदै पदबाट हटाउन माग गरेका छन्।
ट्रम्पविरुद्ध ‘नो किंग्स’ नामक राष्ट्रियस्तरका प्रदर्शन अहिलेसम्म तीन पटक भइसकेका छन्— पहिलो जून २०२५ मा, दोस्रो अक्टोबर २०२५ मा र तेस्रो २८ मार्चमा आयोजना गरिएको हो।
आर्थिकन्यूज
प्रतिक्रिया