एजेन्सी । ईरानसँग सम्बन्धित बढ्दो तनावलाई अन्त्य गर्ने उद्देश्यले इस्लामाबादमा साउदी अरब, तुर्किये र मिस्रका विदेश मन्त्रीहरूको बैठक सुरु भएको छ। यो बैठक पाकिस्तान ले आयोजना गरेको हो।
मिस्रका विदेश मन्त्री बद्र अब्देलत्तीले पाकिस्तानी विदेश मन्त्री इशाक डारसँग भेट गरेका छन्। साथै डारले तुर्कियेका विदेश मन्त्री हाकान फिदान र साउदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहानसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनीहरूले पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ सँग पनि भेट गर्नेछन्।
पाकिस्तानले यसअघि अमेरिका र ईरान बीच मध्यस्थताको प्रस्ताव पनि राखिसकेको छ। उसले ईरानलाई १५ बुँदे अमेरिकी प्रस्ताव हस्तान्तरण गरेको छ । जसमा ईरानको परमाणु कार्यक्रम पूर्ण रूपमा बन्द गर्ने, मिसाइल कार्यक्रम सीमित गर्ने, क्षेत्रीय प्रोक्सी समूहहरूलाई समर्थन रोक्ने र प्रतिबन्धमा राहत दिने विषयहरू समावेश छन्। ईरानले यस प्रस्तावमाथि अध्ययन गरिरहेको छ।
अर्कोतर्फ अमेरिकाले मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति थप बढाएको छ। अमेरिकी युद्धपोत ग्क्क् त्चष्उयष् िकरिब ३,५०० सैनिक (मरीन र नेभी) सहित उक्त क्षेत्रमा पुगेको छ। यस बैठकमा क्षेत्रको बदलिँदो अवस्थाबारे गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।
किन पाकिस्तानमै बैठक ?
पाकिस्तानको ईरान र साउदी अरब दुवैसँग राम्रो सम्बन्ध रहेको मानिन्छ। त्यसैले विदेश मन्त्रीहरूको बैठकका लागि पाकिस्तानलाई उपयुक्त र तटस्थ स्थानको रूपमा चयन गरिएको हो। प्रारम्भमा यो बैठक तुर्कियेमा गर्ने योजना थियो, तर पछि इस्लामाबादमा सारिएको हो।
पाकिस्तान हाल कुनै एक पक्षमा प्रत्यक्ष रूपमा संलग्न नभएकाले पनि यसलाई तटस्थ भूमिका निभाउन सक्ने देशका रूपमा हेरिएको छ। साथै तुर्किये र मिस्रसँग पनि उसका सम्बन्ध सन्तुलित रहेका कारण वार्ता सहज हुने विश्वास गरिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया