शीर्षकहरू

अर्थमन्त्री वाग्लेको निजी क्षेत्रलाई भरोसा : घुस, लाइन र थुनाबाट मुक्ति दिने दाबी

अर्थमन्त्री वाग्लेको निजी क्षेत्रलाई भरोसा : घुस, लाइन र थुनाबाट मुक्ति दिने दाबी

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई लक्षित गर्दै घुस, अनावश्यक लाइन र थुनाजस्ता समस्याबाट मुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटमा उनले लगानी बढाएर रोजगारी सिर्जना गर्न निजी क्षेत्रलाई आह्वान गरे। “लगानी बढाऔँ, रोजगारी बढाऔँ, देश बनाऔँ,” उनले भने।

अर्थमन्त्री वाग्लेले आफू घुस खान नआएको र कसैलाई खान नदिने स्पष्ट पार्दै अर्थतन्त्रलाई नयाँ दिशामा अघि बढाउने प्रतिबद्धता जनाए। “अब निजी क्षेत्रले घुस खुवाउन पर्दैन, लाइन लाग्न पर्दैन, अनावश्यक रूपमा थुनिनु पर्दैन,” उनले भने।

उनका अनुसार आर्थिक अनियमिततामा अब जेल होइन, आर्थिक जरिवानाको व्यवस्था प्राथमिकता दिइनेछ। “उद्योगी–व्यवसायीलाई थुनिनु नपर्ने वातावरण बनाउँछौँ,” उनले थपे।

यद्यपि राज्य सहजीकर्ताको भूमिकामा जाँदा निजी क्षेत्र पनि इमानदार बन्नुपर्ने उनले उल्लेख गरे। “नियोजित बेइमानी भएमा सरकार निर्मम हुन्छ,” उनको चेतावनी थियो।

प्रतिक्रिया