शीर्षकहरू

ट्रम्पको विवादास्पद अभिव्यक्ति:  ईरानको तेल नियन्त्रणमा लिन चाहन्छु

ट्रम्पको विवादास्पद अभिव्यक्ति:  ईरानको तेल नियन्त्रणमा लिन चाहन्छु

काठमाडौं । डोनाल्ड ट्रम्पले ईरानको तेल आफ्नो नियन्त्रणमा लिन चाहेको बताएका छन्। आइतबार फाइनान्सीयल टाइमलाई दिएको अन्तर्वार्तामा उनले यस्तो अभिव्यक्ति दिएका हुन्।

ट्रम्पले भने, “साँचो भन्नुपर्दा मलाई सबैभन्दा मनपर्ने कुरा ईरानको तेल लिनु हो। यसलाई नियन्त्रणमा लिन अमेरिकासँग धेरै विकल्पहरू छन्।” उनले थपे, “अमेरिकामा केही मानिसहरू सोध्छन्—तपाईं किन यस्तो गर्दै हुनुहुन्छ ? तर ती मूर्ख हुन्।”

उनले खार्ग द्वीप को उल्लेख गर्दै भने, “हामी खार्ग द्वीप लिन सक्छौं, सायद नलिन पनि सक्छौं।” ट्रम्पले दाबी गरे कि उक्त द्वीपमा ईरानको सुरक्षा बलियो छैन र अमेरिका सजिलै त्यसमाथि नियन्त्रण कायम गर्न सक्छ।

खार्ग द्वीप फारस खाडीको उत्तरी भागमा अवस्थित ईरानको प्रमुख तेल केन्द्र हो। यहाँबाट ईरानको करिब ९० प्रतिशत तेल निर्यात हुने गरेको छ। ट्रम्पले ईरानसँगको युद्ध अन्त्य गर्न छिट्टै सम्झौता हुन सक्ने पनि बताएका छन्। तर उनले चेतावनी दिँदै भने, यदि तेहरानले अमेरिकी प्रस्ताव स्वीकार नगरे, भने देश नै नरहने अवस्था आउन सक्छ।
 

प्रतिक्रिया