शीर्षकहरू

नेपालमा नोटबन्दी हुँदैन : अर्थमन्त्री वाग्ले

नेपालमा नोटबन्दी हुँदैन : अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा नोटबन्दी नगर्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्।

सामाजिक सञ्जालमा केही प्रयोगकर्ताहरूले भारतले २०१६ मा गरेको जस्तो अचानक नोटबन्दी हुन सक्ने भन्दै चासो प्रकट गरेपछि वाग्लेले सो कुराको खण्डन गरेका हुन्।

एक्स (पूर्व ट्विटर) प्रयोगकर्ता एयरलाइन गाइले अर्थमन्त्रीलाई सम्बोधन गर्दै भनेका थिए, “भारतले नोटबन्दी गरेजस्तो लोकप्रिय देखिने निर्णय नगर्नुस्। यस्तो कदमले गरिबलाई पीडा दिन्छ र राष्ट्रलाई ठूलो असर पुर्‍याउँछ।”

यसको जवाफमा अर्थमन्त्री वाग्लेले भने, “हामी त्यसो गर्दैनौं।”

भारतले सन् २०१६ मा अचानक नोटबन्दी लागू गर्दा सर्वसाधारणलाई अत्यधिक असुविधा भएको थियो। तत्काल लागू भएको नोटबन्दीले कालो बजार नियन्त्रण गर्ने लक्ष्य राखे पनि आम जनजीवनमा ठूलो प्रभाव पारेको थियो।

वाग्लेले यसरी स्पष्ट प्रतिक्रिया दिँदै नेपालमा आर्थिक स्थिरता र नागरिक असुविधा न्यूनिकरण गर्न ध्यान केन्द्रित गर्ने आश्वासन दिएका छन्।

null

प्रतिक्रिया