काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार चार कम्पनीका बोनस सेयर सूचीकृत भएका छन्। यसमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, विन्ध्यबासिनी हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स र युनिभर्सल पावर रहेका छन्।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको २० लाख ४१ हजार ४५९.२ कित्ता बोनस सेयर सूचीकरण भएको छ। यस कम्पनीले वितरण गरेको ४ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
विन्ध्यबासिनी हाइड्रोपावरको ५ लाख ६४ हजार ९०० कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो कम्पनीले ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
एनएलजी इन्स्योरेन्सको १० लाख २६ हजार ८९.७८ कित्ता बोनस सेयर सूचीकरण भएको छ। कम्पनीले ४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
युनिभर्सल पावरको २० लाख ५१ हजार ९३६.९३२ कित्ता बोनस सेयर सूचीकृत भएको छ। यस कम्पनीले ९ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
यी बोनस सेयर डिम्याट खातामा जम्मा भएपछि मात्रै नेप्सेमा खरिदबिक्री गर्न सकिने व्यवस्था छ।
आर्थिकन्यूज
प्रतिक्रिया