शीर्षकहरू

मन्त्रिपरिषद्को दोस्रो बैठक सिंहदरबारमा सुरु

मन्त्रिपरिषद्को दोस्रो बैठक सिंहदरबारमा सुरु

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आज अपराह्न सवा ४ बजे मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

शुक्रबार नयाँ सरकार गठन भएयता यो बैठक दोस्रो हो। पहिलो बैठक सरकार गठनकै दिन बसेको थियो र त्यसले गत भदौ २३–२४ मा भएको जेन-जी आन्दोलनको घटनामा छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। यसअनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ।

आजको बैठकमा विगतको सरकार पालामा भएका राजनीतिक नियुक्तिसहित अन्य महत्त्वपूर्ण निर्णयहरू लिन सक्ने अपेक्षा गरिएको छ। साथै भ्रष्टाचार नियन्त्रण र कार्यसूचीमा समावेश एक सय बुँदे कार्यान्वयन योजनाबारे पनि ठोस निर्णय गर्न सक्ने चर्चा भइरहेको छ।

सरकारको उच्चस्तरीय स्रोतहरूका अनुसार, आजको बैठकले प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण, र अन्य नीतिगत निर्णयमा विशेष ध्यान दिन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया