शीर्षकहरू

विद्यार्थीको छात्रवृत्ति र खाजा रकम हिनामिना गर्ने प्रधानाध्यापक विरुद्ध भ्रष्टाचार मुद्दा

विद्यार्थीको छात्रवृत्ति र खाजा रकम हिनामिना गर्ने प्रधानाध्यापक विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । जिल्ला जुम्ला, तातोपानी गाउँपालिका–१ स्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्र बहादुर महत माथि छात्रवृत्ति र दिवाखाजा रकम हिनामिना गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

उजुरी र अनुसन्धानका क्रममा पत्ता लागेको तथ्य अनुसार आर्थिक वर्ष २०७९/०८० मा विद्यालयले प्राप्त गरेको छात्रवृत्ति रकम १ लाख ४५ हजार ३५० रुपैयाँ सम्बन्धित छात्राहरूलाई वितरण नगरी प्रतिवादीहरूले झुटा भरणपोषण तयार गरेका थिए।

प्रधानाध्यापक महतले मिति २०८० चैत २१ गतेमा कक्षा १–५ का ८३ जना छात्राहरूलाई १ हजार र कक्षा ६–८ का ४४ जना छात्राहरुलाई १ हजार ४८५.२३ रूपैयाँका दरले वितरण गरिएको भनी झुटा भरणपोषण पेश गरेका थिए।

अनुसन्धानबाट वितरणको मिति र रकममा केरमेट गरी मिति सच्याइएको पुष्टि भएकाे अख्तियारले जनाएकाे छ । यस घटनाले तातोपानी गाउँपालिका/गणेश माध्यमिक विद्यालय/सार्वजनिक संस्थालाई गैरकानुनी हानि पुर्‍याएको र प्रतिवादीहरूले गैरकानुनी लाभ लिएको ठहर भएको छ। यसबारे सजाय माग गर्दै विशेष अदालत आरोपपत्र दायर भएकाे छ ।

प्रतिक्रिया