शीर्षकहरू

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा चैत १९ मा संसद् अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा चैत १९ मा संसद् अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसका आधारमा आगामी चैत १९ गते दिउँसो २ बजे बस्नेगरी अधिवेशन बोलाइएको हो।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोही मितिमा संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार नयाँ सरकार गठनपछि बस्न लागेको यो संघीय संसद्को पहिलो अधिवेशन हुनेछ।

प्रतिक्रिया