शीर्षकहरू

दार्चुलामा जिप दुर्घटना: सिँचाइ कार्यालयका दुई कर्मचारीको मृत्यु

दार्चुलामा जिप दुर्घटना: सिँचाइ कार्यालयका दुई कर्मचारीको मृत्यु

खलङ्गा (दार्चुला) । दार्चुलामा जिप दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका दुई कर्मचारीको मृत्यु भएको छ।

मृतकमा महाकाली नगरपालिका–६ निसिल घरभई कार्यालयमा कार्यरत अधिकृत ईन्जिनियर मनिसा चन्द पाल र शैल्यशिखर नगरपालिका–१ बारिल घरभई कार्यालयमा कार्यरत सिनियर (एओ) भरतबहादुर तितरा रहेका छन् ।

कर्मचारीहरू योजनाहरूको अनुगमन तथा नापजाँचका लागि शैल्यशिखर नगरपालिका–४ काडापारीबाट ओसिलतर्फ जाँदै गर्दा सुपप्र–००१ ज १६४१ नम्बरको भाडाको जिप दुर्घटनामा परेको थियो। दुर्घटनास्थलमै उहाँहरूको मृत्यु भएको वडा अध्यक्ष रामसिंह ठगुन्नाले जानकारी दिए।

जिपमा सवार अन्य चार जनाले घाइते भएका छन्। घाइतेहरूमा मालिकार्जुन गाउँपालिका–५ डाडाकोट घरभई कार्यालय सहयोगी पदमा कार्यरत मिनबहादुर पाल, जिप चालक प्रकाशसिंह ठगुन्ना, तथा स्थानीय विक्रमसिंह महर र अकबर महर रहेका छन् । घाइतेहरूलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक देबेन्द्र बुढाथोकीका अनुसार, इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट टोली घटनास्थलमा पुगेर उद्दार कार्यमा लागेको थियो। दुर्घटना मङ्गलबार बिहान ९ बजेतिर भएको हो।

प्रतिक्रिया