काठमाडौं । आज मंगलबार सुनचाँदीका भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलाको ६ हजार ७०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार हिजो सोमबार एक तोला सुनको मूल्य २ लाख ८३ हजार ५०० रुपैयाँ थियो, आज मंगलबार २ लाख ९० हजार २०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य तोलाको १४५ रुपैयाँले बढेर ४ हजार ८४५ रुपैयाँ पुगेको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया