शीर्षकहरू

नेप्सेमा ६ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

नेप्सेमा ६ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौँ । नेप्सेमा मंगलबार ६ कम्पनीका बोनस सेयर सूचीकृत भएका छन्। अरुण भ्याली हाइड्रोपावर, महालक्ष्मी विकास बैंक, महुली लघुवित्त, प्राइम कमर्सियल बैंक, सांग्रिला विकास बैंक र समता घरेलु लघुवित्तले आफ्ना सेयरधनीलाई लाभांशको रूपमा बोनस सेयर वितरण गरेका हुन्।

बोनस सेयर वितरण विवरण:

अरुण भ्याली हाइड्रोपावर — १९ लाख २४ हजार १ कित्ता बोनस सेयर, गत वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस।
महालक्ष्मी विकास बैंक — २१ लाख ४८ हजार २२९ कित्ता सेयर, मुनाफाबाट ५ प्रतिशत बोनस।
महुली लघुवित्त — १ लाख ७५ हजार ७१३ कित्ता सेयर, ४.७५ प्रतिशत बोनस।
प्राइम कमर्सियल बैंक — १ करोड ५५ लाख २२ हजार ६० कित्ता सेयर, ८ प्रतिशत बोनस।
सांग्रिला विकास बैंक — १७ लाख ७८ हजार १२७ कित्ता सेयर, ५ प्रतिशत बोनस।
समता घरेलु लघुवित्त — ३ लाख १४ हजार ५२५ कित्ता सेयर, ५ प्रतिशत बोनस।

 

प्रतिक्रिया