शीर्षकहरू

एफएनसीसीआई गण्डकी : कंडेलको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन, घोषणा हुन बाँकी

एफएनसीसीआई गण्डकी : कंडेलको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन, घोषणा हुन बाँकी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको नयाँ नेतृत्व सर्वसम्मत चयन गर्ने सहमति भएको छ । नरेश कंडेलको अध्यक्षमा सम्पूर्ण कार्यसमिति नै सर्वसम्मत हुने भएको हो । 

गण्डकी  प्रदेशको जिल्ला नगर संघहरुको पूर्व अध्यक्षहरू बैठकले नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्ने निर्णय गरेको हो । नयाँ नेतृत्वका लागि गण्डकीमा दुई वटा प्यानलले उम्मेदवारी घोषणा गरेका थिए । जिल्ला नगर पूर्वअध्यहरुको संघले उक्त दुई पक्षलाई सहमतिमा ल्याएको हो ।

जहाँ नरेश कंडेल र नवराज सुवेदीको समूह चुनावका लागि उम्मेदवारी दिएको थियो । तर, नरेशको अध्यक्षमा नयाँ समिति गठन गर्ने सर्वसम्मत सहमति बनेको हो । यसको आधिकारीक घोषणा भने भएको छैन । चैत २१ गते आधिकारिक घोषणा हुने प्रदेशका एक व्यवसायीले बताए । 

नरेशको अध्यक्षमा सूर्य बहादुर भुजेल एसोसियट तर्फको उपाध्यक्ष रहने छन् । यसैगरी, जिल्ला नगर तर्फ मृगेन्द्र घिमिरे र बस्तुगत तर्फ हरि कुमार श्रेष्ठ उपाध्यक्ष रहेन सहमति भएको छ ।

कोषाध्यक्षमा राजेन्द्र ओझा रहने छन् । कोषाध्यक्षका लागि गोपि अधिकारीले पनि उम्मेदवारी दिएका थिए । तर, राजेन्द्र ओझालाई नै चयन गर्नेमा उनी सहमत भएका हुन् ।

एसोसिएट तर्फ सदस्यमा रामचन्द्र रेग्मी र काशी  गुरुङ, जिल्ला नगर तर्फ विमल प्रसाद रिमाल, राम कुमार श्रेष्ठ, दीपक प्रसाद सापकोटा, हस्त बहादुर खड्का र ठाकुर वि पौडेल चयन भएका छन् । यस्तै, बस्तुगत तर्फ चन्द्र किशोर गौतम चयन भएका हुन् । 

प्रतिक्रिया