शीर्षकहरू

“ईरानमा अमेरिका सफल, सम्झौता होस् वा नहोस् २–३ हप्ताभित्र सेना फर्किन्छ” – राष्ट्रपति डोनाल्ड ट्रम्प

“ईरानमा अमेरिका सफल, सम्झौता होस् वा नहोस् २–३ हप्ताभित्र सेना फर्किन्छ” – राष्ट्रपति डोनाल्ड ट्रम्प

एजेन्सी । तेहरानमा जारी युद्धबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलो अपडेट दिएका छन्। उनले भनेका छन् कि अमेरिका दुई–तीन हप्ताभित्रै ईरान छोड्ने तयारीमा छ। अमेरिका र इजरायलले गत महिनाको अन्त्यतिर सुरु गरेको हवाई आक्रमणका लक्ष्यहरू पूरा भइसकेको दाबी गरेका छन् । 

ईरानको परमाणु हथियार निर्माण क्षमता घटाउने मुख्य लक्ष्य पूरा भएको उल्लेख छ। अमेरिकी सेनाले ईरानी आकाशमा नियन्त्रण कायम गरेको र कयौं वरिष्ठ राजनीतिक तथा सैन्य नेताहरूको हत्यापछि शासन परिवर्तन भएको दाबी गरिएको छ । 

नयाँ नेताहरू अघिल्लाभन्दा कम कट्टरपन्थी र बढी तर्कसंगत भएको टिप्पणी छ । २८ फेब्रुअरीमा युद्ध सुरु भएपछि तेलको मूल्य अत्यधिक बढेकोबारे प्रश्न गर्दा ट्रम्पले भने, “मलाई ईरान छोड्नु मात्र छ, हामी चाँडै त्यस्तो गर्नेछौं, अनि तेलको मूल्य तल झर्नेछ।”

उनले थपे, “हामी काम पूरा गर्दैछौं, सम्भवतः दुई हप्ताभित्र, वा केही दिन थपिएर पनि काम सकिन्छ।”  सम्झौता बिना अन्त्य
ट्रम्पले स्पष्ट पारे कि अमेरिकी अभियानको अन्त्य ईरानसँग कुनै सम्झौता गर्नुपर्नेमा निर्भर छैन।

ईरानले अमेरिकी–इजरायली आक्रमणको जवाफमा होर्मुज जलडमरूमध्य बन्द गरेको दाबी गरेको छ । ट्रम्पले भने, “उनीहरूले मेरो साथ कुनै डील गर्न आवश्यक छैन।”

प्रतिक्रिया