सिड्नी । ‘मिडिया ग्रुप’ले सन् २०२५ मा आफ्नो खुद नाफा १४ प्रतिशतले बढेको जनाएको छ । कम्पनीको वार्षिक वित्तीय प्रतिवेदन अनुसार सेयरधनीलाई प्राप्त हुने खुद नाफा ४३.९५ अर्ब युआन (करिब ६.४ अर्ब अमेरिकी डलर) पुगेको छ ।
कम्पनीले कुल आम्दानी ४५८.५ अर्ब युआन हासिल गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.१ प्रतिशतले बढी हो । साथै, विदेशी बजारबाट आएको आम्दानी १५.९ प्रतिशतले बढेर १९५.९ अर्ब युआन पुगेको छ ।
प्रतिवेदन अनुसार, २०२५ मा कम्पनीले घरेलु एयर कन्डिसनर कम्प्रेसर, मोटर तथा वासिङ मेसिन मोटरको बिक्रीमा विश्वकै सबैभन्दा ठूलो बजार हिस्सा ओगटेको छ । साथै, केन्द्रीय एयर कन्डिसनिङ क्षेत्रमा चीनभित्र पनि पहिलो स्थानमा रहेको छ ।
कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट कम्पनीले एक करोड ५० लाख घण्टाभन्दा बढी कार्यक्षमता वृद्धि गरेको छ भने ७० करोड युआन लागत घटाएको जनाएको छ । आगामी तीन वर्षमा कम्पनीले अत्याधुनिक अनुसन्धानका लागि ६० अर्ब युआनभन्दा बढी लगानी गर्ने योजना बनाएको छ ।
यसका साथै, कम्पनीले पाँच वटा मानवजस्तै रोबोट मोडेल सार्वजनिक गरेको छ, जुन गुणस्तर परीक्षण र उपकरण निरीक्षणजस्ता कार्यमा कारखानामा प्रयोग हुन थालेका छन् ।
आर्थिकन्यूज
प्रतिक्रिया