शीर्षकहरू

नेप्सेमा ७४ अंकको पहिरो, हिमालयन रि इन्स्योरेन्सको उच्च कारोबार

नेप्सेमा ७४ अंकको पहिरो, हिमालयन रि इन्स्योरेन्सको उच्च कारोबार

काठमाडौं ।  बुधबार नेप्से परिसूचक ७४.७३ अंक घटेर २७७६.३६ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ११.२१ अंक, फ्लोट इण्डेक्स ५.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.०२ अंक घटेका छन्।

बजारका १३ वटै उपसमूहको परिसूचक घटेको छ। यसमा अन्य उपसमूहको गिरावट सर्वाधिक ५.२६ प्रतिशत पुगेको छ। विकास बैंक, वित्त र व्यापार उपसमूह ३ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा र निर्जीवन बीमा उपसमूह २ प्रतिशतभन्दा बढी घटेका छन्।

शेयर बजारमा आएको गिरावटको मुख्य कारण सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन रि इन्स्योरेन्सका आधारभूत शेयरधनी दीपक भट्टलाई अध्यागमनको कालोसूचीमा राख्नु रहेको विश्लेषकहरूले बताएका छन्।

बजार घटेपनि कारोबार रकम भने सामान्य स्तरमा कायम रह्यो। बुधबार ३४७ कम्पनीका १ लाख २३ हजार ७३० पटकको कारोबारमा कुल १२ अर्ब १० करोड ९५ लाख रुपैयाँबराबरको ३ करोड २ लाख ९२ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन ६ कम्पनीका शेयरले सकारात्मक सर्किट लगेको छ। ती कम्पनी हुन्: रिलायन्स स्पिनिङ्ग मिल्स, सुपर खुदी हाइड्रोपावर, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेष्ट इन।

अन्य कम्पनीका शेयर मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम देखिएको छ। सर्वाधिक मूल्य घटेको कम्पनी नेपाल पुनर्बीमा कम्पनी हो, जसको शेयर ९.८४ प्रतिशतले घटेको छ।

कारोबार रकमको आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ७१ करोड ३१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। अपि पावर कम्पनीको कारोबार ४६ करोड रुपैयाँभन्दा बढी र ङादी ग्रुप पावरको कारोबार ४३ करोड रुपैयाँ नाघेको छ।

null

 

प्रतिक्रिया