शीर्षकहरू

धितोपत्र बोर्डको आईपीओ पाइपलाइनमा थपिए चार कम्पनी

धितोपत्र बोर्डको आईपीओ पाइपलाइनमा थपिए चार कम्पनी

काठमाडौं। नेपाल धितोपत्र बोर्डको आईपीओ पाइपलाइनमा चार नयाँ कम्पनी थपिएका छन्। यी कम्पनी होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, र उत्पादन–प्रशोधन समूहमा समावेश भएका छन्।

होटल तथा पर्यटन समूहबाट बुढानिलकण्ठ हेरिटिज लिमिटेडले ४९ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि बोर्डमा आवेदन दिएको छ। शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको यस कम्पनीमा अनुभवी लगानीकर्ता अम्बिकाप्रसाद पौडेलको मुख्य लगानी छ।

हाइड्रोपावर समूहमा सभापोखरी हाइड्रोपावरले १० लाख ७५ हजार कित्ता शेयर निष्काशनको लागि आवेदन दिएको छ। यस कम्पनीका मुख्य लगानीकर्ता ई. श्रीराम देवकोटा र डा. लक्ष्मीप्रसाद देवकोटा हुन्। शेयर निष्काशक तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

लगानी समूहमा इष्टर्न सहारा कम्पनी लिमिटेडले २७ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि आवेदन दिएको छ। कृषि र ऊर्जामा लगानी गर्ने उद्देश्यले स्थापित यस कम्पनीका संस्थापकहरुमा महेंद्र गिरी, कृष्ण रानाभाट र गोपाल भट्टराई रहेका छन्। शेयर निष्काशक तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल हो।

उत्पादन तथा प्रशोधन समूहबाट नेसनल बायो टेक लिमिटेडले १० लाख साधारण शेयर निष्काशन गर्न सेबोनमा आवेदन दिएको छ। कृषि क्षेत्रमा काम गर्ने यस कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको छ।

प्रतिक्रिया