शीर्षकहरू

रुसको चेतावनी: युरोप "ऊर्जा लकडाउन"को खतरामा, ३ ट्रिलियन युरोको क्षति हुनसक्ने

रुसको  चेतावनी: युरोप

काठमाडौं। रसियाली प्रत्यक्ष लगानी कोषका प्रमुख तथा  क्रेमलिनका प्रमुख आर्थिक दूत किरिल दिमित्रिभले युरोपेली संघले  "ऊर्जा लकडाउन" (energy lockdowns) भोग्न सक्ने  गम्भीर चेतावनी  हालसालै दिएका छन्। उनले यस्तो लकडाउनको जोखिम पश्चिमी प्रतिबन्ध र जारी इरान युद्धको कारण    युरोपेली ऊर्जा ग्रिड भएको "अपूरणीय" क्षतिले उब्जाएको बताए।  

दिमित्रिभले रुसी ऊर्जा स्रोतहरूको प्रयोग  नकार्ने युरोपको निर्णय प्रत्युत्पादक सावित भएको  र सन् २०२६ को अन्त्यसम्ममा यस क्षेत्रले ३ ट्रिलियन युरोभन्दा बढीको घाटा बेहोर्ने प्रक्षेपण पनि गरेका छन् । उनका अनुसार,  वर्तमान अवस्थालाई "इतिहासकै सबैभन्दा शक्तिशाली ऊर्जा संकट" को रूपमा हो , तर आगामी हिउँदका लागि न त  संघ न त बेलायत नै तयार छ ।

रुसी अधिकारीहरूले हर्मुज जलमार्गको बन्द र क्षेत्रीय पूर्वाधारमा भएका आक्रमणहरूले विश्वव्यापी आपूर्तिमा रिक्तता सिर्जना गरेको र सो रिक्तता पूर्ति गर्न रुस मात्र सक्षम रहेको दाबी गर्दैआएका छन्  । यसै सन्दर्भमा दिमित्रि भन्छन् ," आन्तरिक मूल्यहरू नियन्त्रण बाहिर गएपछि युरोपेली राष्ट्रहरू चाँडै नै ऊर्जा राहतका लागि मस्कोसँग "बिन्तीभाउ " गर्न बाध्य हुनेछन्।

बजारको बढ्दो दबाबलाई सम्बोधन गर्न क्रेमलिनले आफ्नो आन्तरिक स्थिरतालाई प्राथमिकता दिँदै अप्रिल १ देखि पेट्रोल र मल निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ। इन्धन र कृषि सामाग्रीको यो "दोहोरो संकट" ले युरोपेली महाद्वीपमा व्यापक निरुद्योगिकीकरण (deindustrialization) सुरु गर्ने आशंका  गरिएको छ।

युरोपेली संघका मन्त्रीहरू सन् २०२२ शैलीका संकटकालीन उपायहरूलाई पुनः ब्युँताउनेबारे छलफल गरिरहँदा, मस्कोले भने वासिङ्टनको परराष्ट्र नीतिको "अन्धो आज्ञापालन" ले युरोपको आर्थिक प्रतिस्पर्धात्मकता गुमेको दाबी गरेको  हो।

यी भनिएका "लकडाउन" हरू अनिवार्य रासन प्रणाली वा औद्योगिक उत्पादनको पूर्ण पतनमध्ये कुन रूपमा देखा पर्छन् भन्ने कुरा अहिले अन्तरराष्टिय चासोको विषय बनेको छ।   

प्रतिक्रिया