काठमाडौं । ह्युन्डाइ नेपालले नयाँ वर्ष २०८३ को अवसर पारेर “ह्युन्डाइ सँग शुभ यात्रा २०८३” नामक आकर्षक अफर सार्वजनिक गरेको छ। नेपालका लागि ह्युन्डाइ गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ग्राहकलाई लक्षित गर्दै विशेष सुविधा सहितको योजना ल्याएको हो।
कम्पनीका अनुसार नयाँ वर्षको सुरुवात ह्युन्डाइ सँग गर्न चाहने ग्राहकहरूका लागि यस अफरअन्तर्गत विभिन्न आकर्षक सुविधा उपलब्ध गराइएको छ। छनोट गरिएका ह्युन्डाइ मोडेलहरूमा ग्राहकहरूले १ लाख ७५ हजारसम्म नगद छुट र ९६ हजारसम्म नयाँ वर्ष बोनस प्राप्त गर्न सक्नेछन्। साथै एक वर्षसम्मको निःशुल्क बीमा र सवारी कर, साथै मूल्यांकन एक्सचेन्ज सुविधा पनि समावेश गरिएको छ।
यसका अतिरिक्त कम्पनीले बिक्रीपछिको सेवामा समेत विशेष ध्यान दिएको जनाएको छ। ग्राहकहरूले ६ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी सुविधा पाउनेछन्, जसले गुणस्तर र भरपर्दोपनप्रति कम्पनीको प्रतिबद्धता झल्काउँछ।
Hyundai Nepal ले पछिल्ला दुई वर्षदेखि Hyundai Creta र Hyundai Venue जस्ता लोकप्रिय मोडेलहरू नेपालमै एसेम्बल गर्दै आएको छ। यसका लागि ५ अर्ब रुपैयाँभन्दा बढी लगानी गरिएको कम्पनीले जनाएको छ। उक्त पहलमा नेपाली इन्जिनियर र दक्ष जनशक्तिको प्रयोग गर्दै स्थानीय सीप विकास र औद्योगिक प्रवर्द्धनमा योगदान पुर्याइएको छ।
लोकप्रिय मोडेलहरू र ग्राहकमैत्री सुविधासहित ल्याइएको यो अभियानले नयाँ वर्ष २०८३ लाई ग्राहकहरूका लागि अझ विशेष र फाइदाजनक बनाउने लक्ष्य राखेको छ। कम्पनीले सबैलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्दै नजिकको सोरुममा गई अफरबारे थप जानकारी लिन आग्रह गरेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया