बीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद ले प्रधानमन्त्री समक्ष पर्सा क्षेत्रसँग प्रत्यक्ष जोडिएका विविध गम्भीर समस्या प्रस्तुत गरेका छन्। बुधबार स्थित प्रधानमन्त्री कार्यालयमा सम्पन्न भेटवार्ताका क्रममा सांसद पन्तले सिर्सिया नदी प्रदूषण, मल अभाव, क्यासिनो अनियमितता तथा महानगरको अवैध असुली जस्ता विषयमा ध्यानाकर्षण गराएका हुन्।
भेटमा सांसद पन्तले विशेष गरी मा बढ्दो प्रदूषणलाई नियन्त्रण गर्न अधिकार सम्पन्न समिति गठन गरी निश्चित समयसीमा तोकेर समस्या समाधान गर्न सरकारलाई आग्रह गरे। उनले यो समस्या अब ढिलाइ गर्न नहुने गम्भीर पर्यावरणीय चुनौती भएको बताए।
त्यसैगरी उनले किसानका समस्यातर्फ ध्यानाकर्षण गराउँदै आवश्यक समयमा पर्याप्त मात्रामा रासायनिक मल उपलब्ध गराउनु सरकारको प्राथमिक दायित्व भएको उल्लेख गरे। “किसानलाई मल नपुग्नु भनेको कृषि उत्पादनमै प्रत्यक्ष असर पर्नु हो,” उनले जोड दिए।
सांसद पन्तले वीरगञ्जका क्यासिनो सञ्चालनप्रति पनि गम्भीर प्रश्न उठाउँदै अधिकांश क्यासिनोहरूले नेपाली नागरिकलाई अवैध रूपमा प्रवेश गराएर आर्थिक र सामाजिक समस्या सिर्जना गरिरहेको आरोप लगाए। यसप्रति सुरक्षा निकाय र प्रशासन मौन बसेको भन्दै उनले कडा निगरानी र कारबाहीको माग गरे।
त्यस्तै, द्वारा विभिन्न स्थानमा ढाट (चेकपोइन्ट) राखेर अवैध रूपमा रकम असुली भइरहेको विषय पनि उनले प्रधानमन्त्रीसमक्ष राखे। उनले यस विषयमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबीच जिम्मेवारी पन्छाउने प्रवृत्ति देखिएको प्रसङ्गसमेत सुनाए।
सांसद पन्तका भनाइ सुनेपछि प्रधानमन्त्री शाहले तत्कालै यस विषयमा का महानिरीक्षक र गृह सचिवलाई निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले जनप्रतिनिधिले उठाएका जायज विषयलाई सम्बन्धित निकायले बेवास्ता गर्न नमिल्ने स्पष्ट पारे।
उक्त भेटघाटमा श्रममन्त्री , प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार लगायत मधेस प्रदेशका अन्य सांसदहरूको पनि उपस्थिति रहेको थियो। यो भेटलाई पर्सा क्षेत्रका समस्याहरू केन्द्र सरकारसम्म प्रभावकारी रूपमा पुर्याउने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया