शीर्षकहरू

पत्रकार दिलभूषण पाठक सफाइ पाए

पत्रकार दिलभूषण पाठक सफाइ पाए

काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई जिल्ला अदालत काठमाडौंले सफाइ दिएको छ। बुधबार न्यायाधीश खिमानन्द भुषालको इजलासले पाठकविरुद्ध दायर मुद्दामा “दाबी नपुग्ने” आदेश जारी गर्दै सफाइ दिएको हो।

अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले यसबारे जानकारी दिएका छन्। साइबर ब्युरोले पाठकविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार मुद्दा दायर गरेको थियो।

उनले आफ्नो युट्युब कार्यक्रम “टफ टक विथ दिलभूषण पाठक”मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर देउवाको लगानी हिलटन होटलसँग जोडिएको दाबी गरेका थिए।

प्रतिक्रिया