काठमाडौं । आर्थिक मिडिया सञ्चालकहरूको साझा संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले आफ्नो सदस्य संस्था केन्द्रविन्दु मिडिया प्रालिको नाम जोडेर सामाजिक सञ्जालमा फैलिएको विवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
जेन जेड रेड फोर्सकी संयोजक स्मृति तिमल्सिनाले फेसबुकमा पोस्ट गरेको भिडियोमा आफूलाई केन्द्रविन्दु मिडियामा अन्तर्वार्ताका लागि बोलाइएको दाबी गरेकी थिइन्।
उनले भनेकी थिइन् कि स्टुडियो व्यस्त भएको भन्दै अर्को स्टुडियोमा लैजाने बहानामा आफूलाई लछारपछार गरी गाडीमा हालेर सादा पोशाकका प्रहरीले भद्रकालीस्थित उपत्यका प्रहरी परिसरमा पुर्याएको थियो। तर केन्द्रविन्दु मिडियाले स्मृति तिमल्सिनालाई कुनै पनि अन्तर्वार्ताका लागि नबोलाएको र समय नदिएको स्पष्ट गरेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया