शीर्षकहरू

सञ्जिवनी लघुवित्त समस्याग्रस्त सूचीबाट हटाइयो, नियमित कारोबार गर्न अनुमति

सञ्जिवनी लघुवित्त समस्याग्रस्त सूचीबाट हटाइयो, नियमित कारोबार गर्न अनुमति

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सञ्जिवनी लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक सुपर लघुवित्त वित्तीय संस्था) लाई समस्याग्रस्त वित्तीय संस्थाको सूचीबाट हटाएको छ।

राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले सार्वजनिक गरेको सूचनाअनुसार यसअघि विभिन्न सूचकहरू कमजोर देखिएपछि २०७९ भदौ २२ मा उक्त संस्थालाई समस्याग्रस्त घोषणा गरिएको थियो। तर पछिल्लो मूल्याङ्कनपछि संस्थाको अवस्था सुधार भएको ठहर गर्दै २०८२ चैत ५ को निर्णयअनुसार समस्याग्रस्त अवस्थाबाट फुकुवा गरिएको हो।

दाङको तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको उक्त संस्था (साविक सुपर लघुवित्त वित्तीय संस्था) अब नियमित वित्तीय कारोबार गर्न पाउनेछ। राष्ट्र बैंकले यससम्बन्धी जानकारी गराउँदै सबै सरोकारवालालाई सूचित गरेको छ।

null

प्रतिक्रिया