पूर्वी इन्डोनेशियामा बिहीबार बिहान समुद्रभित्र शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार भूकम्पको तीव्रता ७.४ मापन गरिएको छ । जुन सुरुमा ७.८ दर्ज गरिएको थियो।
त्यहाको स्थानीय समयानुसार बिहान ६:४८ बजे भूकम्पका धक्का महशुस गरिएको थियो । भूकम्पको केन्द्र विन्दु मोलुक्का सागर, टर्नेटे द्वीप नजिकै रहेको जनाएको छ । भूकम्पको केन्द्र विन्दु करिब ३५ किलोमिटर गहिराइ रहेको थियो ।
हवाईस्थित प्यासिफिक सुनामी चेतावनी केन्द्रले चेतावनी जारी गरेको छ। भूकम्पको केन्द्रबाट १,००० किलोमिटरको दायरा भित्र खतरनाक सुनामी लहर उठ्न सक्ने सम्भावना रहन्छ । इन्डोनेशिया, फिलिपिन्स र मलेसियाका तटीय क्षेत्रलाई सतर्क रहन आग्रह गरिएको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया