टोकियो । डोनाल्ड ट्रम्पको इरानसँगको युद्धबारे दिएको सम्बोधनपछि अन्तर्राष्ट्रिय तेल बजारमा मूल्य बढेको छ भने एशियाली सेयर बजारमा गिरावट आएको छ।
ट्रम्पले सम्बोधनका क्रममा इरानविरुद्ध थप आक्रमण गर्ने चेतावनी दिएका थिए। उनले आगामी केही हप्तामा कडा सैन्य कारबाही जारी राख्ने संकेत गरेका छन्।
यसको असर स्वरूप ब्रेन्ट क्रुडको मूल्य करिब ५ प्रतिशतले बढ्दै प्रति ब्यारेल १०५ डलरभन्दा माथि पुगेको छ। त्यस्तै, वेस्ट टेक्सास इन्टरमिडियटको मूल्य पनि १०० डलर नाघेको छ।
तेल मूल्य बढेसँगै एशियाली सेयर बजारमा दबाब देखिएको छ। जापानको प्रमुख सूचक निक्केई उल्लेख्य रूपमा घट्दै एक समयमा ८०० अंकभन्दा बढीले ओरालो लागेको थियो। दक्षिण कोरियाको कोस्पी सूचक पनि २ प्रतिशतभन्दा बढीले घटेको छ।
त्यस्तै, ताइवान र हङकङका प्रमुख सेयर सूचकहरूमा पनि गिरावट देखिएको छ। विश्लेषकहरूका अनुसार मध्यपूर्वमा बढ्दो तनावले ऊर्जा आपूर्ति र विश्व अर्थतन्त्रमा असर पार्ने चिन्ताले लगानीकर्तामा दबाब सिर्जना गरेको हो।
आर्थिकन्यूज
प्रतिक्रिया