शीर्षकहरू

फोहोर सफा गर्न खोज्दा शेयर बजारमा पहिरो

फोहोर सफा गर्न खोज्दा शेयर बजारमा पहिरो

रिसव गौतम 

काठमाडौं ।  निर्वाचान हुने सुनिश्चित भएर काठमाण्डौ महानगरपालिकाका पुर्ब मेयर बालेन्द्र शाह रास्वपामा प्रवेश गरेपछि शेयर बजार एक्कासी ४७.५५ अंकले बढेको थियो । त्यसअघि त्यहि पुष महिना र अघिल्ला महिनाहरुमा पनि शेयर बजार करिव निदाएको थियो । लगानीकर्ता निराश थिए । रास्वपामा बालेन्द्रको मिलनपछि उत्साहित बजार चुनाब नजिकिदै गर्दा बढदै गइरहेको थियो ।

फागुन २१ गतेको निर्वाचनमा नयाँ भनिएको र ‘जान्नेलाई छान्ने’ नारा सहित घण्टी चिन्ह लिएर निर्वाचनमा होमिएको दल रास्वपाले करिव दुई तिहाइ ( १८२ सीट ) बहुमत ल्यायो । निर्वाचनपछि खुलेको बजारले त झन् भावी प्रधानमन्त्री बालेन्द्र शाहलाई अघि सारेको रास्वपाको जितलाई एकैदिन ३ हल्ट हानेर स्वागत गर्यो । बजार एकैदीन ६ प्रतिशत अर्थात १६२ अंकले बढयो । त्यसपछि थोरै करेक्सन हुदै बढ्ने क्रममै रहेको शेयर बजार बालेन्द्र नेतृत्वको सरकार बनेपछि भने निरन्तर घटिरहेको छ ।

१३ गते नयाँ सरकार बनेपछिको ४ कारोबार दिनमा भने बजार १७४ अंकले घटिसकेको छ र लगानीकर्ता निराश छन् । दुई तिहाइ बहुमत प्राप्त सरकार बनेपछि बजार घट्नु दुई वटा कारण महत्वपुर्ण देखिन्छन् । पहिलो कारण सरकार गठन भएकै दिन मन्त्रीपरिषद्बाट पास भएको सरकारको १०० कार्यसुची हो । जहाँ ०४७ सालयताका उच्चपदस्थ कर्मचारी, सासंद, मन्त्री तथा प्रधानमन्त्रीको सम्पति आयोग बनाएर छानबीन गरिने कुरा आएको छ। सम्पति शुद्धिदकरणको कुरा ब्यापक कार्यान्वयनमा लैजाने कुरा आएको छ ।

त्यसलगत्तै जुनै सरकार आएपनि त्यसलाई प्रभावमा राखेर विचौलिया धन्दा चलाएर अकुत आर्जन गर्दै आएको आरोपमा दिपक भटट् र अग्रवाल थरका उनका साझेदारहरुका वित्तिय अपराधको अनुसन्धान सुरु भएका छन् ।त्यसैगरी ब्यवसायी तथा पुर्बमन्त्री दिपक खड्का पनि सम्पति शुद्धिकरण अनुसन्धानका लागि यसबीच पक्राउ परे ।

तीसँगै धेरै शेयर बजारसँग जोडिएका कतिपय अरु ब्यापारीहरु पनि तानिने ब्यापक हल्लाहरु भए । खासगरी दिपक भट्ट र तिनका साझेदारहरुका रकम शेयर बजारका कतिपय कम्पनीहरुमा भएको पाइएकाले पनि बजार तीव्र घटेको हो । नेपाल जस्तो वित्तिय अपराध, अनियमितता र भ्रष्टाचारको दुश्चक्रमा परेको देशमा दिपक भट्टहरु अरु धेरै होलान् । त्यस्ता अपराधको माध्यमबाट आर्जित धन सेतो बनाउने थलो शेयर बजार पनि बन्ने गरेको अनुमान धेरैका छन् । त्यस्तो परिस्थीतिबाट गुज्रदै आएको विचौलियाहरुले नै चलाएको देशमा सरकारले पहिलो दिनदेखि नै त्यस्ताहरु खोज्न थालेपछि बजार घट्ने नै भयो । त्यसकारण यो बजार त्यस्तै विचौलियाहरुले आत्तिएर शेयर घटाएर भएपनि बेच्न थालेपछि घटेको हो ।

तर बजारका असल एवं व्यवसायिक लगानीकर्ताहरु आत्तिनु पर्ने छैन । बालेन्द्र सरकारले वास्तम्बमा वित्तिय अपराधमा संग्लनहरुलाई सुरुदेखि नै कार्वाही गर्न थालेको हो ।त्यो अत्यन्त्र सह्रायिन काम हो । अझ सकिन्छ भने हरेक नेपालीको आम्दानीको अडिट हुनुपर्छ र देशलाई संग्लो पानी झै वित्तिय रुपमा सफा बनाउन जरुरी छ । त्यसकारण अहिलेको घटाइ वित्तिय बजारको फोहोर कुडार सफा गर्न खोज्दाको परिणाम हो । शेयर बजारमा सबै त्यस्ताहरु छैनन । त्यस्ताहरु भनेको सिमित छन् । ६३ लाख मानिस बजारसँग जोडिएका छन् । धेरैले आफनो खाइ नखाइ गरेर जोगाएका पैसा शेयरमा हालेर आर्थिक स्तर बढाउन खोजेका छन् । सानो सानो जागिर देखि मकै पोलेर, चिया बेचेर आर्जन गर्नेहरु पनि शेयर बजारमा छन् ।

फोहोर सफा गर्ने पर्ने थियो । देशलाई सम्पति शुद्धिकरणको ग्रे लिष्टबाट हटाउन पनि वित्तिय अपराधमाथी कार्वाही जरुरी थियो । त्यो सुरु भएको छ । धेरै व्यवसायिहरु पनि सम्पति शुद्धिकरणको छानबीनको दायरामा आउने डरले पनि बजार घटेको हो ।

बालेन सरकारले त्यसको थालनी डे वान देखि गरेको छ । हामीले के बुझनु पर्छ भने हाम्रा घरहरु जति नै नयाँ, भब्य वा आर्कषक भएपनि फोहोर एवं दुगन्धीत भयो भने त्यहाँ बस्न सकिदैन । तर घर परम्रागत भएपनि वा पुराना भएपनि सफा एवं चिटिक्क भयो भने बस्न लगायक हुन्छ र बस्न सकिन्छ पनि ।

त्यसकारण आर्थिक अपराध, अपचलन, ठगी, बेइमानी र भष्ट्राचारहरुको सफाई जरुरी छ । त्यसमाथी कार्वाही भएन भने त्यसले शेयर बजार मात्र होइन समाजलाई नै निकम्मा बनाइदिन्छ । त्यसकारण ती कदम ढिलो चाँडो उठाउनु नै थियो । बालेन सरकारले शपथ खाएको पहिलो दिनबाटै सुरु गरेको छ । त्यो अत्यन्त राम्रो हो । तर यस्ता कदमहरु भेदभाव रहित ढंगले र पुर्णता पाउने गरी सतत् अघि बढाउनु पर्छ । र, त्यसलाई निष्कर्षमै पुराउनु पर्छ । कतै अपलपत्र पार्नु हुदैन ।

माफिया र विचौलियाहरुको खोजी र तिनका वित्तिय अपराधमाथी अंकुश नलगाई शेयर बजारको दिगो भविश्य पनि हुदैन । त्यसकारण साना तथा ब्यवसायिक लगानीकर्ताहरुले आत्तिएर शेयर बेच्न जरुरी छैन । बरु शेयर किन्ने बेला छ अहिले । किनकी सरकारले राम्रो संकेत देखाएको छ । १०० कार्यसुचीमा अर्थतन्त्र सुधारका धेरै कुरा आएका छन् । नीजि ब्यवसायिक संस्थाहरु लगानीका लागि हौसिएका छन् । विदेशमा रहेकाहरु पनि अलिकति राम्रो भए सम्पत्ति यतै ल्याएर केही गर्नगरी सरकारको कार्यसम्पादन हेरिरहेका छन् ।

सरकारले अनावश्यक संघ सस्था तथा खर्च कटौति गरेर डुबेका संस्थानहरु चलाउने,विकास निर्माणमा स्रोत जुटाउने जुक्त्तिहरु निकालिरहेको देखिन्छ । खासगरि ती काममा अन्र्तराष्ट्रिय रुपमा ख्याती कमाएका अर्थबीद अर्थमन्त्री डा स्वर्णिम वाग्ले लागिरहेका देखिन्छन् । त्यसकारण लगानीकर्ताहरु आत्तिने हैन, बरु आशावादी हुने समय छ।

अर्को, बजार अहिले घटनुको दोश्रो कारण रास्वपाले वाचापत्रमै करार गरेका गौरीवहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्नुले हो । नयाँ सरकारले जेनजी आन्दोलनको जगमा भएको निर्वाचनबाट अनुमोदित भएपछि त्यो प्रतिवेदन कार्यान्वयनमा लैजानु नौलो कुरा होइन्। सो निर्णयपछि नयाँ गृहमन्त्री तथा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ रकेट गतिमा प्रतिवेदन कार्यान्वयन गर्न लागे । आन्दोलनमा लाप्रवाही गरेर हिंसा भएको भन्दै ज्यान मुद्धामा अनुसन्धानका लागि पुर्बप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपि ओली र सो बेलाका गृहमन्त्री रमेश लेखकलाई सरकारले गिरफतार गर्यो । ओलीको गिरफतारीसँगै एमालेले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्यो । त्यसले पनि बजारमा अन्यौल र त्रासदी बढ्यो र बजार घट्ने कारण बन्यो । तर एमाले काँङगे्रस जस्ता जिम्मेवार पार्टीले कानुनलाई सघाएर आन्दोलनका गतिविधिहरु राक्नु पर्छ र विषय त्यतै गएको पनि छ।

उल्लेखित दुबै घट्नाक्रम शेयर बजारमा पहिरो गएको हो । तर त्यो दिगो हुदैन । केहि दिन, हप्ता वा महिनामा विगतका धेरै फोहोरहरु सरकारले सर्फा गर्नेछ । त्यसपछि शेयर बजारले रकेट गति लिनेमा दुइमत छैन । किनकी, एकातिर दुईतिहाई बहुमतसिद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ सरकार बनेको छ । १५ मन्त्रालयमा ४० बर्ष मुनीकै ९ मन्त्रीहरु सहभागी बालेन नेतृत्वको सरकारमा पढेलेखेका जोशिला युवाहरुको बाहुल्यता छ । त्यसकारण पनि शेयर बजारलाई एक किसिमको आशा छ । नयाँ भनिएका र धेरैजसो पढेलेखेका युवाहरु आइरहँदा बजारले आश गरेको छ । आर्थिक रुपमा देशले परिवर्तन पाउने जनतामा आशा छ । (गौतम आर्थिक लेखक तथा विश्लेषक हुन्) 

प्रतिक्रिया