काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी सिटी वालेट प्रालि र छिटो पैसा प्रालि एक आपसमा मर्ज भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार उक्त दुई कम्पनीहरू मर्ज भएर सिटी वालेट प्रलि बनेका हुन् ।
मर्जर पछि वैशाख ३ गते बिहीबारबाट एकीकृत कारोबार हुनेछ । सिटी वालेट प्रालिबाट एकीकृत कारोबार हुने जनाइएको छ । उक्त कम्पनीलाई राष्ट्र बैंकले मर्जरको अनुमति पहिला नै दिँई सकेको थियो ।
आर्थिकन्यूज
प्रतिक्रिया