शीर्षकहरू

पश्चिम एसियामा रहेका नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको विशेष उडान सुरु

पश्चिम एसियामा रहेका नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको विशेष उडान सुरु

काठमाडौं । पश्चिम एसियामा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपाली नागरिकलाई उद्धार गर्न नेपाल सरकारले तीन दिनसम्म विशेष उडान सञ्चालन गर्ने भएको छ।३ अप्रिल काठमाडौं–दुबई, ४ अप्रिल दुबई–काठमाडौं र ५ अप्रिल काठमाडौं–दमाम तथा दमाम–काठमाडौं उडान गर्ने भएको छ । द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित रूपमा स्वदेश फर्काउने जनाएको छ ।

गन्तव्य मुलुक जान नपाएका यात्रुलाई गन्तव्यमा पुर्‍याउने नेपाल एअरालाइन्सले जनाएको छ । चैत १७ गते परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा नेपाल वायुसेवा निगमका उच्चपदस्थ अधिकारीबीच बैठक बसेको थियो।

बैठकमा उद्धार तथा आवागमन सहज बनाउन आवश्यक हवाई सेवा सञ्चालन गर्ने निर्णय भएको थियो। परराष्ट्रमन्त्री शिशिर खनालको निर्देशनपछि नेपाल एयरलाइन्सले विशेष उडान सञ्चालन गर्न लागेको हो।

पश्चिम एसियामा जारी तनावका कारण २८ फेब्रुअरीदेखि नियमित उडान स्थगित छन्। विशेष उडानका लागि आवश्यक बीमा व्यवस्थामा राष्ट्रिय बीमा कम्पनीले सहयोग गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले समन्वय र योगदान गर्ने सबै सरोकारवालालाई धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया