काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको नेृपाला सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्यमा वृद्धि भएको छ। महासंघका अनुसार आज सुनको मूल्य हिजोकै दरमा कायम भएको छहो । तर चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ। त्यसैगरी, प्रति १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ६० रुपैयाँ तोकिएको छ।
यता, हिजो प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ३० रुपैयाँ पुगेको छ। महासंघका अनुसार आज प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार १ सय ४० रुपैयाँ ५० पैसा कायम भएको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया