शीर्षकहरू

सरकारको खातामा ३ खर्ब ७७ अर्ब नगद, आठ महिनामा उल्लेख्य वृद्धि

सरकारको खातामा ३ खर्ब ७७ अर्ब नगद, आठ महिनामा उल्लेख्य वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म सरकारको खातामा ३ खर्ब ७७ अर्ब ६१ करोड रुपैयाँ नगद मौज्दात रहेको छ। यसमा संघीय सरकारसँगै प्रदेश र स्थानीय तहको खातामा रहेको रकमसमेत समावेश छ।

गत असार मसान्तमा १ खर्ब ३७ अर्ब ७८ करोड रहेको मौज्दात आठ महिनामा २ खर्ब ३९ अर्ब ८३ करोडले बढेको हो।

यस अवधिमा सरकारको कुल खर्च ९ खर्ब २६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। जसमध्ये चालु खर्च ६ खर्ब ४२ अर्ब १५ करोड, पुँजीगत खर्च ७८ अर्ब ४९ करोड र वित्तीय व्यवस्था खर्च २ खर्ब ५ अर्ब ९५ करोड रुपैयाँ रहेको छ।

यस्तै, सरकारको कुल राजस्व परिचालन ७ खर्ब ४७ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। यसमध्ये कर राजस्व ६ खर्ब ७६ अर्ब ५९ करोड र गैरकर राजस्व ७० अर्ब ६९ करोड रुपैयाँ रहेको छ।

प्रतिक्रिया