शीर्षकहरू

वैदेशिक रोजगारीमा रहेकाका लागि कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

वैदेशिक रोजगारीमा रहेकाका लागि कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

काठमाडौं। कालंगा हाइड्रो लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ लाख ५० हजार कित्ता साधारण शेयर जारी गरेको थियो। उक्त आईपीओमा ८४ हजार ३०८ जना योग्य आवेदकबाट ११ लाख ३० हजारभन्दा बढी कित्ताका लागि आवेदन परेको थियो।

मागभन्दा ३.२३ गुणा बढी आवेदन परेपछि कम्पनीले गोलाप्रथाबाट शेयर बाँडफाँट गरेको हो। जसअनुसार ३५ हजार आवेदकले प्रतिव्यक्ति १० कित्ताका दरले शेयर पाएका छन्।

उक्त आईपीओ चैत १० देखि १५ गतेसम्म खुला गरिएको थियो। निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले आफ्नो नतिजा बिक्री प्रबन्धकको वेबसाइट, मेरोसेयर खाता तथा सीडीएस एन्ड क्लियरिङको आईपीओ रिजल्ट पोर्टलमार्फत हेर्न सक्नेछन्।

प्रतिक्रिया