शीर्षकहरू

कुमारी बैंकको २५औं वार्षिकोत्सव, भविष्यमा अझ सरल, सुलभ र उत्कृष्ट सेवा प्रवाह गर्ने प्रतिबद्धता

कुमारी बैंकको २५औं वार्षिकोत्सव, भविष्यमा अझ सरल, सुलभ र उत्कृष्ट सेवा प्रवाह गर्ने प्रतिबद्धता

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो २५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रममार्फत मनाएको छ। बैंकले यस अवसरमा आफ्ना ग्राहक, शेयरधनी, नियामक निकाय र शुभचिन्तकप्रति कृतज्ञता व्यक्त गर्दै सफलतामा योगदान पु¥याउने सबैको सहयोगप्रति आभार व्यक्त गरेको छ।

वार्षिकोत्सवको अवसरमा बैंकले काठमाण्डौं, ललितपुर, भक्तपुर र उपत्यकाबाहिरका प्रदेशहरूमा रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो, जसले स्थानीय स्तरमा रक्त बैंकको आवश्यकता र जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान पुर्‍याउने उद्देश्य राखेको छ।

यसैबीच, बैंकले “परम्परागत भेषभुषा” पहिरन कार्यक्रममार्फत आफ्ना कर्मचारीहरूलाई सांस्कृतिक पहिचान र जातीय विविधताको सम्मानमा सहभागी गराएको छ। यस पहलले समावेशी कार्यसंस्कृति र आन्तरिक आबद्धताको भावना प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।

बैंकले “समुदायका लागि कुमारी बैंक” कार्यक्रम सुरु गर्दै देशभरका शाखाहरूबाट गरिब, विपन्न र पिछडिएका वर्गको जीवनस्तर सुधारका लागि निरन्तर सामाजिक उत्तरदायित्वका गतिविधिहरू गर्दै आएको छ। वार्षिकोत्सवको अवसरमा सिल्भर सेभिङ्गस् बचत खाता पनि सार्वजनिक गरिएको छ, जसमा ग्राहकहरूले मुद्दती खाताजस्तो ब्याजदर पाउनेछन्।

कुमारी बैंकले २५ वर्षदेखि २८६ शाखा, ३०२ एटिएम, ४१ एक्सटेन्सन काउन्टर र ४८ शाखाहीन बैंकिङ्ग ईकाईमार्फत ३० लाखभन्दा बढी ग्राहकलाई आधुनिक र प्रभावकारी सेवा प्रदान गर्दै आएको छ। बैंकले आगामी दिनमा पनि अझ सरल, सुलभ र उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया