शीर्षकहरू

राष्ट्रिय वाणिज्य बैंकमा १० वर्षदेखि नचलाइएका बैंक खाता ४ लाखभन्दा बढी

राष्ट्रिय वाणिज्य बैंकमा १० वर्षदेखि नचलाइएका बैंक खाता ४ लाखभन्दा बढी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्वारा १० वर्षदेखि नचलाइएका बैंक खाताहरूको सूची तायर भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले विगत १० वर्षदेखि कुनै पनि कारोबार नभएका (Dormant Accounts) खाताहरू ४ लाख ८६ हजार एक सय १४ पुगेको छ । बैंकले एक सूचना जारी गर्दै आफ्ना विभिन्न शाखाहरूमा रहेका हजारौं यस्ता निष्कृय खाताहरूको सूची बाहिर ल्याएको हो । 

मुख्य विवरणहरूस्बैंकले सार्वजनिक गरेको प्रतिवेदन  अनुसार भोटाहिटी, कलङ्की, ललितपुर, उर्लाबारी, गुलरिया, कावासोती लगायत देशैभरका शाखाहरूमा रहेका व्यक्तिगत तथा संस्थागत खाताहरू १० वर्षदेखि चल्न सकेका छैनन् । 

निष्कृय खातामा रहेका केही प्रमुख व्यक्ति तथा संस्थाहरूस्संस्थाहरूमा  विर अस्पतालका विभिन्न कार्यक्रम तथा औषधि बिक्री केन्द्र, नेपाल एयरवेज प्रालि, नेपाल टेलिकम (कुश्मा), र विभिन्न आमा समूह तथा निर्माण उपभोक्ता समितिहरू रहेका छन् । त्यस्तै व्यक्तिगत खाताहरू धेरै रहेको बैकले जनाएको छ । त्यस्तै, विद्यालयहरू, धार्मिक समितिहरू र विभिन्न व्यापारिक फर्महरूको नाममा रहेका खाताहरू पनि यो सूचीमा समावेश छन्। 

बैंकको आग्रह र प्रक्रिया बैंकले यो सूचीमा आफ्नो वा आफ्नो संस्थाको नाम रहेका सम्पूर्ण ग्राहकहरूलाई सम्बन्धित शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ । लामो समयसम्म खाता निष्कृय रहँदा निक्षेपकर्ताको रकम फ्रिज हुने वा कानुनी प्रक्रियामा जाने जोखिम रहने हुनाले, आवश्यक केवाइसी विवरण अद्यावधिक गरी खाता पुनः सुचारु गर्न वा रकम भुक्तानी लिन बैंकले सूचित गरेको छ ।
 
 नाम छ कि छैन कसरी चेक गर्नेहरु बैंकको भोटाहिटी शाखामा मात्रै सयौंको संख्यामा यस्ता खाताहरू भेटिएका छन ।  यदि तपाईंको पनि राष्ट्रिय वाणिज्य बैंकमा पुरानो खाता छ र लामो समयदेखि कारोबार गर्नुभएको छैन भने, बैंकको आधिकारिक वेवसाइट वा नजिकैको शाखामा गएर आफ्नो विवरण रुजु गर्न पनि बैंकले अनुरोध गरेको छ ।
 

प्रतिक्रिया